नारिता विमानस्थलमा एनआरएनए अध्यक्षको भव्य स्वागत

टोकियो। गैरआवासीय नेपाली संघ (एनआरएनए) का कार्यकारी अध्यक्ष जापान आइपुगेका छन्।
उनी रसियाबाट टोकियो आएका हुन्।
केसीलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा एनसीसी जापान तथा आइसीसीका पदाधिकारीले भव्य स्वागत गरेका थिए।
एनआरएनएको नेतृत्व सम्हालेपछि उनी पहिलो पटक जापान आएका हुन्।जापान बसाइमा डा. केसी विभिन्न अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन्।
नेपाली समुदायसँगको भेटमा उनले जापानमा विद्यार्थीलगायत अन्य नेपालीले झेल्नु परेका समस्याका विषयमा चासो राखेका थिए।
केसी संघको आउँदो कार्यकालमा पनि अध्यक्षमा उम्मेदवारी दिने तयारीमा छन्।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
भारतले सुरु गर्यो पाकिस्तानमाथि आक्रमण

प्रवास खबर