वेष्ट इण्डिजले नेपाललाई दियो ३४० रनको लक्ष्य

काठमाडौं। जिम्बाब्वेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत बिहीबारको खेलमा नेपाललाई वेष्ट इण्डिजले ३४० रनको लक्ष्य प्रस्तुत गरेको छ।
जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा टस जितेर फिल्डिङ रोजेको नेपालले ३४० रनको विशाल लक्ष्य पाएको हो। नेपालका लागि ललित राजवंशीले ३, करण केसी, गुल्सन झा, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरी समान एक एक विकेट लिए।
टस हारेर पहिला ब्याटिङ गरेका वेष्ट इण्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३३९ रन जोडेको हो। नेपालले केहीबेरमै जवाफी ब्याटिङ गर्नेछ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
भारतले सुरु गर्यो पाकिस्तानमाथि आक्रमण

प्रवास खबर