सन्दीप र दीपेन्द्रले ग्लोबल टि-२० लिग खेल्ने

सन्दीप र दीपेन्द्रले ग्लोबल टि-२० लिग खेल्ने File Photo

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले क्यानडामा हुने ग्लोबल टि-२० लिग खेल्ने भएका छन्।

आगमाी जुलाई २० तारिखदेखि हुने तेस्रो संस्करणको ग्लोबल टि-२० लिगको लागि मंगलबार राति भएको ड्राफ्टमार्फत सन्दीपलाई सुर्रे जाग्वार्स र दीपेन्द्रलाई मोन्टरियल टाइगर्सले अनुबन्ध गरेका हुन्।

ग्लोबल टि-२० लिग सन्दीप लामिछानेले पहिले पनि खेलेका थिए। दीपेन्द्र भने पहिलो पटक अनुबन्ध भएका हुन्।

ग्लोबल टि-२० लिग सन् २०१८ देखि सुरु भएको हो।



No ads found for this position