फिफा विश्वकपमा बेल्जियमको विजयी सुरुआत
काठमाडौं । क्यानडालाई १-० ले पराजित गर्दै बेल्जियमले कतार फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ ।
अहमद बिन अलि स्टेडियममा बुधबार राति मिसी बात्सुयीको निर्णायक गोलमा बेल्जियमले महत्वपूर्ण तीन अंक जोडेको हो । उनले खेलको ४४औं मिनेटमा गरेका गोल नै निर्णायक बन्यो ।
यस अघि खेलको ११औं मिनेटमा क्यानाडाका अल्फन्सो डाभिसले पाएको पेनाल्टी सदुपयोग गर्न सकेनन् । उनको पेनाल्टी बेल्जियम गोलरक्षक कोर्टुवाले बचाएका थिए ।
समूह एफमा जितसँगै बेल्जियमले तीन अंक जोडेको छ । क्यानाडाको कुनै अंक छैन ।
ताजा अपडेट
प्रवास खबर
आइपिएलमा आज मुम्बई र सनराइजर्स भिड्दै
प्रवास खबर
जापानी विदेशमन्त्री योको स्वदेश फिर्ता
प्रवास खबर