वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डे कार्यकक्षबाटै पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद घुससहित पक्राउ परेका छन्।
पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० हजार घुससहित पक्राउ गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले प्रवास खबरलाई जानकारी दिए।
आयोगबाट खटिएको टोलीले सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा पाण्डेलाई कार्यकक्षबाटै पक्राउ गरिएको हो।
पाण्डेले वैदेशिक रोजगार कसुरमा मिलापत्र पश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीबाट ३० हजार घुस मागेका थिए।
घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियार टोली विभाग पुगेको थियो। खानतलासी गर्दा स्रोत नखुलेको ३२ हजार ५५ रुपैयाँसहित कार्यकक्षबाट पाण्डेलाई नियन्त्रणमा लिइएको थियो।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
भारतले सुरु गर्यो पाकिस्तानमाथि आक्रमण

प्रवास खबर