बेलयातका लागि नवनियुक्त राजदूत रेग्मीले सम्हाले कार्यभार

बेलयातका लागि नवनियुक्त राजदूत रेग्मीले सम्हाले कार्यभार

लन्डन । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मीले आफ्नो कार्यभार सम्हालेका छन् ।

सोमबार लन्डन उत्रिएका राजदूत रेग्मीले दूतावास पुगेर पदबहाली गरेको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

रेग्मी बेलायतका लागि नेपालका २१ औं राजदूत हुन् ।

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेग्मीलाई बेलायतका लागि नेपाली राजदूतमा नियुक्त गरेकी थिइन् ।

निजामती सेवाकै सर्वोच्च स्थान मुख्यसचिवसम्म पुग्नुअघि उनले नेपाल सरकारका अर्थ, गृहलगायतका महत्वपूर्ण मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेका थिए ।

लन्डनको हिथ्रो विमानस्थल रेग्मी दम्पतीलाई उपनियोग प्रमुख, सैनिक श्रहचारीलगायत दूतावासका कर्मचारीले स्वागत गरेका थिए ।