कतार विश्वकप : उद्घाटन समारोह अल बायत स्टेडियममा

काठमाडौं। कतार विश्वकपको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ।
विश्वकपको उद्घाटन समारोह २० नोभेम्बरमा अलखोरस्थित अल बायत स्टेडियममा हुने भएको छ।
यो स्टेडियमको कुल दर्शक क्षमता ६० हजार रहेको छ। उद्घाटन स्थानीय समयअनुसार बेलुका ५ बजे हुनेछ।
उद्घाटन खेल कतार र इक्वेडरबीच बेलुका ७ बजेबाट सुरु हुनेछ।
उद्घाटन समारोहमा कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी र फिफा अध्यक्ष जियानी इन्फान्टिनोले सम्बोधन गर्दैछन्।
यस्तै अन्तर्राष्ट्रिय स्तरमा ख्याती प्राप्त कलाकारहरुको पनि उद्घाटन समारोहमा प्रस्तुती रहनेछ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
‘पढदैँ कमाउँने’ नीति लागु गरिने

प्रवास खबर