कोरियामा एकै दिन ७६ हजार भन्दा बढिमा कोरोना सङ्क्रमण पुष्टि
सोल।दक्षिण कोरियामा बितेका २४ घण्टामा ७६ हजार चारसय दुईजना कोभिड–१९ बाट सङ्क्रमित भएका छन्।यो सँगै देशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ८९ लाख ३७ हजार नौसय ७१ पुगेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
कोरिया डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन एजेन्सीका अनुसार अघिल्लो दिन ७३ हजार पाँचसय ८२ सङ्क्रमित फेला परेका थिए।गम्भीर अवस्थाका रहेका सङ्क्रमितको सङ्ख्या ९६ पुगेको छ।सङ्क्रमणबाट मङ्गलबार १२ जनाको मृत्यु भएको छ भने हालसम्म चौबीस हजार सातसय ७७ ले यो महारोगबाट ज्यान गुमाइसकेका छन्।
ताजा अपडेट
प्रवास खबर
खेलकुदका लागि बजेट पुगेनः खेलकुदमन्त्री
प्रवास खबर
कहाँ कहाँ हुनेछ वर्षा ?
प्रवास खबर
आमापछि बर्माबाट मैले खोजिरहेका मामा
प्रवास खबर