सुदुर पश्चिम प्रदेशलाई पनि ‘मोबाइल ब्लड बस’ सहयोग गर्ने एनआरएनएको घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुदुर पश्चिम प्रदेशलाई पनि ‘मोबाइल ब्लड बस’ सहयोग गर्ने भएको छ ।
संघको अन्तर्राष्ट्रिय समितिको आइतवार सम्पन्न बैठकले सुदर पश्चिम प्रदेशलाई पनि ‘मोबाइल बल्ड बस’ सहयोग गर्ने निणर्य गरेको पूर्व कोषाध्यक्ष हिक्मत थापाले जानकारी दिए ।
उनका अनुसार यस अभियानका लागि नेपाल रेडक्रस सोसाइटी कैलाली, धनगढी उपमहानगरपालिका, सुदुर पश्चिम सरकार, सुदुर पश्चिमका परोपकारी संघ संस्थाहरु, समाजसेवीहरुको सकृयता रहने छ ।
सो अभियानमा सुदुर पश्चिम नेपाली समाजको सक्रिय सहभागिता र सहयोग सदा रहने थापाले विश्वास व्यक्त गरे ।
संघले गतसाता घुम्ती रगत संकलन बस भरतपुर महानगरपालिका मार्फत चितवन रेडक्रसलाई हस्तान्तरण गरेको थियो।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
भारतले सुरु गर्यो पाकिस्तानमाथि आक्रमण

प्रवास खबर