अध्यक्षका प्रत्यासीद्वय थापा र केसीको अडान : प्रकृयामा भएकालाई छोडेर सहमति हुँदैन

अध्यक्षका प्रत्यासीद्वय थापा र केसीको अडान : प्रकृयामा भएकालाई छोडेर सहमति हुँदैन

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) आगामी कार्यकालको लागि नेतृत्वका प्रत्यासीद्धय डा. बद्री केसी र रवीना थापाले सहमतिको नाममा प्रक्रियामा सामेल नभएका उम्मेदवारलाई प्राथमिकता दिन नहुने अडान राखेका छन्। उनीहरुले शनिवार बेलुका अमेरिका क्षेत्रका महाधिवेशन प्रतिनिधिहरुलाई  संयुक्त रुपमा सम्बोधन गर्दै प्रक्रियाभन्दा जान नहुने बताएका हुन्।

डा. केसीले संघका पूर्वअध्यक्ष शेष घले संघको विभाजनमा लागेको बताए। केसीले संघको अहित गर्ने जो कोहिलाई पनि अनुशासनको कारवाही गरिने बताए।

केसीले संघको निर्वाचनमा सहभागि हुन् सबै प्रतिनिधिहरुलाई आग्रह गरे। संस्था जोगाउन आफूहरु हदैसम्मको लचिलो बनेको बताउँदै सहमतिको नाममा विधानविपरित कुनै पनि सम्झौता नहुने स्पष्ट पारे।

अध्यक्षकी प्रत्यासी रविना थापाले संघको अभियान थलिएको बताइन्। उनले संघलाई बचाउने बेला आएको बताइन्। उनले संस्था फुटेर कसैको हित नहुने बताइन्। उनले आ-आफ्ना कमि कमजोरीहरुलाई आत्मसाथ गरेर संस्थाको विवाद मिलाएर जान सकिने बताइन्।

उनले संस्था नबिग्रीयोस् भनेर आफूले उम्मेदवारी दिएको बताइन्। उनले संघभन्दा बाहिर रहेकाहरुलाई अझै मिलाएर लैजान आफू लचिलो भएको बताइन्।

उनले प्रकृयामा भएका व्यक्तिहरुलाई छोडेर सहमति खोज्दा संस्थामा नाटकीय रुप देखिएको बताइन्। उनले निर्वाचन नहुँदा धेरै जना खेल्ने अवसर पाउने गरेको बताउँदै निर्वाचनले विवादलाई निकास दिने बताइन्।

उनले गैरआवासीय नेपालीहरुले पुस्तैपुस्ताले पाउनु पर्ने अधिकारको लागि लड्नु पर्ने बताइन्।



No ads found for this position