नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने

काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा) केपी ओली नेतृत्वको सरकारबाट बाहिरिने भएकोछ।
नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका बिचमा एकीकरण घोषणा सभाको दिनमा नै संरक्षक रेशम चौधरीलाई पक्राउ गरिए पछि सो पार्टी सरकारबाट बाहिरिन लागेको हो।
सो पार्टीवाट ओली सरकारमा अरुण चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्रीको जिम्मेवारीमा रहेका छन्।
उनले केहीबेरमा राजीनामा दिने र सरकारबाट बाहिरिने जनाइएकाे छ।
सर्वोच्च अदालतले बाँकी कैद भु्क्तान गर्नका लागि भन्दै उनलाई आज एकीकरण सभास्थल प्रज्ञा भवनवाट पक्राउ गरेको हो। उनी तत्कालिन पुष्पकमल दाहाल नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिए पछि रिहा भएका थिए।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर