समिक्षाले ल्याइन् आफ्नो जीवनमा मेला खाने गीत ‘रमाउन खोज्दै छु’ (भिडियोसहीत)

गीतकार हरि कटुवालको शब्द तथा गायीका समिक्षा अधिकारीको सुमधुर स्वरमा ‘रमाउन खोज्दै छु, नयाँ बाटो रोज्दै छु’ बोलको गीत सार्वजनिक भएको छ ।
वरिष्ठ संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा एरेन्ज सन्जिव बराईलीले गरेका छन् भने मिक्स मास्टरिङ किसोर थापाले गरेका छन् ।
चर्चित मोडल गीता ढुंगाना र पर्वत गदाईलीको अभिनय रहेको भिडियोमा युवा युवतीबिचको सफल हुन नसकेको प्रेम र पिडाका बावजुद पनि आफूलाई बलियो बनाएर अघि बढ्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको छ ।
मोडल तथा निर्देशक देवराज आचार्यको निर्देशन तथा सिनेमोटोग्राफिमा निर्माण भएको भिडियो क्यामेरामा शिशिर सापकोटाले साथ दिएका थिए । त्यस्तै भिडियो सम्पादन र कलर पदम सुवेदीले गरेका छन् भने पोस्टर डिजाइनिङ सन्तोस चौहानले गरेका छन् ।
गीत हाइलाइट्स नेपाल यूट्युव च्यानलबाट सार्वजनिक भएको छ ।
ताजा अपडेट
