वैदेशिक रोजगारलाई अझै मर्यादित र ब्यबस्थित बनाउन जरूरी छ : श्रममन्त्री भन्डारी

काठमाडौ। श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री शरतसिंंह भन्डारीले वैदेशिक रोजगार ब्याबसायीलाई अझै मर्यादित बनाउने जिम्मा ब्यबसायीहरुको नै भएको बताएका छन।
आज काठमाडौंमा वैदेशिक रोजागार ब्याबसायी संघको ३१ औं साधारणसभा कार्यक्रममा बोल्दै मन्त्री भन्डारीले यस्तो बताएका हुन। उनले वैदेशिक रोजगार निकै मर्यादित पेशा भएको उल्लेख गर्दै यसलाई अझै मर्यादित र ब्यबस्थित बनाउनु पर्नेमा जोड दिनु भयो।
आगामी दशकलाई आन्तरिक रोजगार प्रवर्द्धन वर्षको रुपमा अगाडि सारिएको बताउँदै दशकमा श्रम बजारको सम्भावना खोज्ने, श्रम बजारको बिकास गर्ने, श्रम बजारमा प्रवर्द्धनकार गर्ने उल्लेख गरेका छन।
रोजगार र आर्थिक बिकास एक आपसका परिपूरक भएको जिकिर गर्दै श्रमिकको माग सिर्जना गर्ने, दक्ष श्रमिकआपूर्ती गर्ने र आर्थिक बिकासको लागि श्रम बजार प्रवर्द्धन गर्ने जस्ता सबै रोजगार शृङ्खलामा श्रम मन्त्रालयले सहकार्य गर्न तयार रहेको प्रतिबद्धतासमेत ब्यक्त गरेका छन।
समृद्ध नेपाल सुखी नेपाली हाम्रो दीर्घकालीन लक्ष्य हो। उहाँले भन्नुभयो, यसको एक प्रमुख लक्ष उत्पादन र उत्पादकत्व अभिबृद्धीको साझा लक्ष्य पनि हो। उक्त अबसरमा उहाँले एक महिना भित्र युरोपका देशहरुमा प्रमानिकरण गर्ने कार्य सुरु हुने खुलासा गर्दै त्यसका लागि द्रुत गतिमा काम भैरहेको जानकारी गराए।
ताजा अपडेट

‘पढदैँ कमाउँने’ नीति लागु गरिने

सरकारले यसै बर्ष संविधान संसोधन गर्ने
