एनआरएनएका सचिव शाहको लगानीमा सुदूरपश्चिम टिम

एनआरएनएका सचिव शाहको लगानीमा सुदूरपश्चिम टिम

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय सचिव स्वतन्त्र प्रताप शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को सुदूरपश्चिम टिम किनेका छन्।

शाहद्धारा सञ्चालित इम्पाएर स्पोर्ट्स् म्यानेजमेन्ट प्रालीले १ करोड ६८ लाख ८८ हजार ८ सय ८८ रुपैयाँमा टिम खरिद गरेकाे हो।

नेपाल क्रिकेट संघ (क्यान) ले अक्सनको आयोजना गर्दै टिमको बोलि लगाएको थियो। जसमा आठ फ्रेन्जाइज टिममध्ये सुदूरपश्चिम टिमलाई इम्पाएर स्पोर्टस् म्यानेजमेन्टले सबैभन्दा धेरै बोलि लगाएको हो।

क्यानले आगामी मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म नेपाल प्रिमियर लिग आयोजना गर्दै छ।

उक्त टिम खरिद गरेपछि शाहले नेपाली क्रिकेमा आफूले केही योगदान गर्न पाउँदा खुसि लागेको बताएका छन्।

उनले भने, ‘विदेशमा बसेर नेपाली खेलकुमा केही योगदान गरौं भन्ने हिसावले यो क्रिकेट टिममा लगानि गरेको हुँ। नेपाली खेलकुदको विकासको लागि एक हिस्सा बन्न पाउँदा खुसि छु।’

को हुन् शाह ?

सुदूरपश्चिमको अछाममा जन्मेका शाह कलिलै उमेरमा अष्ट्रेलिया पुगेका थिए।

लामो समयदेखि अष्ट्रेलियालाई कर्मभूमि बनाएका शाह एक सफल युवा व्यवसायी हुन्।

शाहले अष्ट्रेलिया, फिलिपिन्स्, भियतनाम र नेपालमा व्यवसाय गर्दै आइरहेका छन्।

शैक्षिक क्षेत्रमा लगानी गरिरहेका शाहले खेलकुद क्षेत्रमा पनि लगानी गरेका हुन्।

शाहले स्वदेश तथा प्रवासमा बस्ने नेपाली युवाहरूलाई जोड्न अभियान समेत चलाइरहेका छन्।

शाह अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फीने)मार्फत युवा उद्यमीलाई एकै ठाउँमा जोड्ने अभियानमा लागेका छन्। यो संस्थाको उनी आफै अध्यक्ष हुन्।

शाहको क्रिकेटप्रति निकै रुची छ। नेपालको राष्ट्रिय टिम सहभागी हुने खेलहरू हेर्न उनी प्राय पुग्ने गर्छन्।

सामाजिक कर्मको भोक र विदेशमा कमाएको पुँजी, ज्ञान र हासिल गरेको क्षमतालाई मातृभूतिमा समर्पण गर्ने उद्देश्यले एनआरएनए अभियानमा जोडिएका शाह सहयोगी, मनकारी र मिलनसार व्यक्तित्वका रुपमा चिनिन्छन्।

व्यवसायसँगै सामाजिक काममा पनि उल्लेखनीय योगदान पुर्याएका शाहले एनआरएन अभियानमा समेत सशक्त अभियान्ताको छवी बनाएका छन्।



No ads found for this position