३७ बर्षिय सिनावात्रा थाइल्याण्डको प्रधानमन्त्री बन्दै

३७ बर्षिय सिनावात्रा थाइल्याण्डको प्रधानमन्त्री बन्दै File Photo

काठमाडौँ। पातोङटर्न सिनावात्रा थाइल्याण्डको नयाँ प्रधानमन्त्री बन्ने भएकी छन्। फेउ थाई पार्टीकी ३७ बर्षिय नेतृ सिनावात्रालाई संसदमा भएको मतदानमा ३१९ सांसदले मतदान गरेका थिए। थाइल्याण्डको तल्लो सदनमा ५०० सदस्य रहेका छन्।

उनी थाइल्याण्डका पुर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुन्।

यद्यपी उनलाई अब राजाले प्रधानमन्त्रीमा नियुक्त गर्न भने बाँकी रहेको छ। प्रधानमन्त्रीमा नियुक्त भएपछि सिनावात्रा थाइल्याण्डको राजनीतिक इतिहासमै कम उमेरकी प्रधानमन्त्री बन्ने छिन।

बुधवार फेउ थाई पार्टीका श्रेष्ट थाविसिनलाई अदालतले कानुन उलंघन गरेको भन्दै पदबाट हटाइएको थियो।



No ads found for this position