ओमनको समुन्द्रमा तेल ट्याङ्कर पल्टिँदा १६ बेपत्ता

काठमाडौं। ओमन नजिकैको समुन्द्रमा तेल ट्याङ्कर जहाज पल्टिँदा १६ जना बेपत्ता भएका छन्।
जहाजमा अफ्रिकी देश कोमोरोसको झण्डा रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ।
ओमनको सामुद्रिक सुरक्षा केन्द्रले सामाजिक सञ्जाल ‘एक्स’मा जहाज पल्टिएको जानकारी दिएको छ।
सामुद्रिक सुरक्षा केन्द्रका अनुसार जहाज डुबेको जानकारी प्राप्त हुनासाथ खोजी तथा उद्धार कार्य सुरु गरिएको थियो।
जहाज पल्टिएपछि जहाजमा रहेका १६ जना बेपत्ता छन्।
जहाजमा रहेका १६ जनामध्ये १३ भारतीय नागरिक र तीन जना श्रीलंकाका नागरिक रहेको बताइएको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
भारतले सुरु गर्यो पाकिस्तानमाथि आक्रमण

प्रवास खबर