अरुण बरुण सहकारी र ढुङ्गेधारा सामुदायिक वनको संयुक्त लगानीमा विश्रामालय निर्माण

खाँदबारी । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ मनकामनामा रहेको अरुण बरुण मोक्ष घाटमा विश्रामालय निर्माण भएको छ ।
अरुण बरुण बहुउद्देश्य सहकारी र ढुंगेघार ठुलोपाखा सामुदायिक उपभोक्ता समितिको लागतमा विश्रामालय निर्माण गरेको अरुण बरुण बहुउद्देश्य सहकारीका अध्यक्ष इश्वर कटुवालले जानकारी दिए ।
नव निर्मित विश्रामालय खाँदबारी–९ का वडा अध्यक्ष विमलराज गौतमले शनिबार एक कार्यक्रम विच उद्घाटन गरेका छन् । विश्रामालय निर्माणका लागि सामुदायिक वनले आवश्यक काठ उपलब्ध गराएको ढुंगेघार ठुलोपाखा सामुदायिक उपभोत्ता समितिका अध्यक्ष दिव्यराज श्रेष्ठले जानकारी गराए ।
सहकारीले विश्रामालय निर्माणमा ५८ हजार रुपैयाँ खर्च गरेको छ । सामाजिक उत्तर दायित्व अन्तर्गत ढुंगेघार ठुलोपाखा सामुदायिक उपभोत्ता समिति सँगको सहकार्यमा विश्रामालय निर्माण गरिएको सहकारीका अध्यक्ष कटुवालले जानकारी दिए ।
अरुण बरुण बहुउद्देश्य सहकारीले विभिन्न समयमा थुप्रै समाजिक कार्यहरु गर्दै आएको छ ।
ताजा अपडेट

भारतले सुरु गर्यो पाकिस्तानमाथि आक्रमण
