रुस र अस्ट्रियाको भ्रमणमा मोदी

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुस र अस्ट्रियाको तीन दिने भ्रमणका लागि प्रस्थान गरेका छन्।
सोमबार रुस र अस्ट्रियाको तीन दिने भ्रमणका लागि प्रस्थान गरेका मोदीले यस क्रममा रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग भेटवार्ता गर्ने भएका छन्।
यस क्रममा प्रधानमन्त्री मोदीले २२औं भारत–रुस वार्षिक सम्मेलनमा भाग लिनेछन्, जहाँ उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्नेछन्।
विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्री मोदीले ९ र १०जुलाइमा अस्ट्रियाको भ्रमण गर्ने छन्।
मोदीको अस्ट्रिया भ्रमण पनि ऐतिहासिक छ किनभने ४१ वर्षपछि यहाँ भारतीय प्रधानमन्त्री आपुग्दैछन्।
तेस्रो पटक सत्ता सम्हालेपछि मोदीको यो पहिलो रुस भ्रमण हो र उनको पहिलो द्विपक्षीय विदेश भ्रमण पनि हो।
मोदीको रुस भ्रमण धेरै हिसाबले महत्वपूर्ण छ।
एकातिर रुसको चीनसँग बढ्दो निकटता र अर्कोतिर रुस विरोधी मानिने सैन्य समूह नाटोको बैठक चलिरहेका बेला मोदीको रुस भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
ताजा अपडेट

भारतले सुरु गर्यो पाकिस्तानमाथि आक्रमण
