टी-२० विश्वकपमा आज भारत र आयरल्याण्ड भिड्दै

टी-२० विश्वकपमा आज भारत र आयरल्याण्ड भिड्दै

काठमाडौँ। आइसीसी टी-२० विश्वकप अन्तर्गत आज एक खेल हुदै छ। आज समुह ए अन्तर्गत भारत र आयरल्याण्डबीच खेल हुदै छ।

न्यूयोर्कस्थित नस्साउ काउन्टी इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ८: १५ बजेदेखि शुरु हुने छ।

यस विश्वकपमा दुवैको यो पहिलो खेल हो। टी-२० खेलमा आयरल्याण्डले अहिलेसम्म भारतलाई पराजित गर्न सकेको छैन। अहिलेसम्म दुवैबीच ७ खेल भएको छ, जसमा सबै खेल भारतले जितेको छ।

समुह ए मा रहेको अमेरिकाले आफ्नो पहिलो खेल जितेको छ भने क्यानडा पराजित भएको छ।



No ads found for this position