दक्षिणी गाजाको रफाहबाट इजरायली सेनाले मानिसहरू बाहिर निकाल्न थाल्यो

काठमाडौँ। इजरायली सेनाले दक्षिणी गाजाको रफाह सहरबाट मानिसहरूलाई बाहिर निकाल्ने प्रक्रिया सुरु गरेको छ। रफाह सहरमा १० लाखभन्दा बढी प्यालेस्टिनीहरूले शरण लिएका छन्।
इजरायली सीमा नजिक पूर्वी क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई खान युनिस र अल–मवासी जान भनिएको छ।
इजरायली सेनाले त्यहाँ टेन्ट, खाना, पानी र औषधिको सुविधा उपलब्ध गराइने दाबी गरेको छ। इजरायलका प्रधानमन्त्री नेतन्याहुले हमासलाई पराजित गर्न रफाहमा भएको आक्रमण आवश्यक रहेको बताएका छन्।
धेरै मानवअधिकार संगठनहरूले इजरायललाई रफाह आक्रमण नगर्न अपील गरेका छन्। इजरायलले रफाहमा आक्रमण गरे हजारौं प्यालेस्टाइनीको ज्यान जान सक्ने मानवअधिकार संगठनहरूले डर व्यक्त गरेका छन्।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
भारतले सुरु गर्यो पाकिस्तानमाथि आक्रमण

प्रवास खबर