कतारी अमिर थानी शितल निवास पुगे

कतारी अमिर थानी शितल निवास पुगे

नेपालको दुई दिने राजकीय भ्रमणमा काठमाडौँ आइपुगेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी शितल निवास पुगेका छन्।

आजै काठमाडौँ आइपुगेका अमिर थानी विमानस्थलबाट सिधै राष्ट्रपति निवास पुगेका हुन्।

अहिले कतारी अमिरले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरिरहेका छन्। राष्ट्रपति पौडेलले उनको सम्मानमा आज साँझ राजकीय भोजको आयोजना गर्दै छन्।

यसअघि त्रिभुवन विमानस्थलमा कतारी अमिर थानीलाई राष्ट्रपति पौडेलले स्वागत गरेका थिए। उनलाई विमानस्थलको अति विशिष्ट कक्षमा नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो।



No ads found for this position