नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य

काठमाडौँ। नेपालले यूएईलाई १२० रनको लक्ष्य दिएको छ। एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउदै ११९ रन बनाएको हो।
नेपालका लागि सन्दीप जोराले सर्बाधिक ५० रन बनाए भने गुलशन झाले २० तथा करण केसीले १७ रन बनाए। नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। पहिलो बलमा नै कुशल भुर्तेलको विकेट गुमाएर दबाबमा आएका नेपाली ब्याट्सम्यान अन्त्य सम्मनै दबाबमा देखिएका थिए।
त्यसैगरी यूएईका बलर जुनैद सिद्धिकी, अली नासेर र बासील हमीदले २–२ विकेट लिए भने ओमिद शफी रहमान, आयान खान र मुहमद फारुकले एक एक विकेट लिएका थिए।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
‘पढदैँ कमाउँने’ नीति लागु गरिने

प्रवास खबर
सरकारले यसै बर्ष संविधान संसोधन गर्ने

प्रवास खबर