नेपालीहरूको ‘घर’ बन्दैछ पोर्चुगल

नेपालीहरूको ‘घर’ बन्दैछ पोर्चुगल तस्वीर : एएफपी

काठमाडौं। नेपालका ३६ वर्षीय मेश खत्री साओ टियोटोनियोको हरितगृहमा रास्पबेरी र स्ट्रबेरी संकलन गर्छन्।

उनकी २८ वर्षीया श्रीमती रितु खत्री सहरमा क्याफे चलाउँछिन्। उनको सात वर्षको छोरा पोर्चुगिज र अङ्ग्रेजी बाेल्न सक्छन् तर नेपाली जान्दैनन्।

डिसेम्बर–२०१२ मा पोर्चुगल पुगेका थिए मेश। यसअघि उनी बेल्जियममा काम गर्थे।

‘बेल्जियममा आवासीय अनुमति पाउन धेरै गाह्रो छ। त्यसैले म पोर्चुगल आएको हुँ’, उनले बताए।

पोर्चुगल पुगेकाे पाँच वर्षपछि उनले पोर्चुगलमा रेसिडेन्सी पाए र त्यसको दुई वर्षपछि पोर्चुगलको राहदानी पनि प्राप्त गरे।

पोर्चुगलमा दक्षिण एसियाली

नेपाली र दक्षिण एसियालीहरू लिस्बनको सडकमा साइकल डेलिभर गरेको देखिन्छन्। मौरारियाको साँघुरो सडकमा बनेका दुई मस्जिदमा प्रवेश गर्न नमाजको समयमा सयौं मुस्लिमहरू लाइनमा उभिन्छन्।

४३ वर्षीय पाकिस्तानी यासिर अन्वरले रुवा डो बेन्फोर्मोसोमा धेरै बंगाली पसल र रेष्टुरेन्टहरू रहेको भन्दै मानिसहरूले यसलाई ‘बंगलादेश स्ट्रीट’ भन्न थालेको बताउँछन्।

सन् २०१० सालमा उनी बिना भिसा पोर्चुगल छिरेका थिए। यसअघि अन्वर केही समय डेनमार्क र नर्वेमा पनि बसेका थिए। तर सधैं उनकाे मनमा त्यहाँबाट हटाउँछ कि भन्ने डर थियाे।

तर कानुन बदलिएपछि उनले २०१८ सालमा कागजातहरू पाए। लामो समयसम्म बार र रेस्टुरेन्टमा फूल बेचेका उनलाई एक रेस्टुरेन्ट मालिकले जागिर दिए।

अन्वरलाई पोर्चुगिज भाषा र खाना पकाउन सिकाए। अहिले उनी पोर्चुगिज राहदानी लिन पर्खिरहेका छन्।

एकदिन राजधानी पाएर आफ्नी श्रीमती र दुई छोराछोरी सँगै बस्ने उनको ठुलाे सपना छ।

विदेशीको संख्या बढी

एलेन्तेजो क्षेत्रमा विगत एक दशकमा जनसङ्ख्या १३ प्रतिशतले बढे पनि खेतीपाती गर्नेको सङ्ख्या दिन प्रतिदिन घट्दै गएको छ।

तर आप्रवासी कामदारका कारण यस क्षेत्रको सौन्दर्य फर्किएको छ। युरोपमा आप्रवासीका लागि सबैभन्दा खुला नीति अपनाएको पोर्चुगलमा पछिल्लो पाँच वर्षमा विदेशीको सङ्ख्या दोब्बर भएको छ।

२०१८ को अनुसार पोर्चुगलमा विदेशीहरूको संख्या पाँच लाख भन्दा कम थियो। ग

त वर्ष यो संख्या १० लाख पुग्याे। त्यहाँको जनसंख्याको प्रत्येक दशौं व्यक्ति विदेशी छन्। यी तथ्याङ्कहरू शरणार्थीहरूसँग सम्बन्धित पोर्चुगिज एजेन्सी एआईएमएका हुन्।

पोर्चुगलसँग ब्राजिलको ऐतिहासिक सम्बन्ध छ। अहिले पनि त्यहाँ सबैभन्दा बढी मानिसको संख्या चार लाखको हाराहारीमा छ। यसपछि बेलायत र अन्य युरोपेली देशहरू हुन्।

त्यहाँ करिब ५८ हजार भारतीय र ४० हजार नेपाली छन्। यो संख्या पोर्चुगलका धेरै पूर्व उपनिवेशहरूबाट आएका मानिसहरूभन्दा धेरै हो।

सबैभन्दा धेरै मानिस पोर्चुगल आउने १० देशहरूमध्ये पाकिस्तान र बंगलादेश पनि पर्छन्।

पोर्चुगलमा खेतीपाती, माछा मार्ने र रेस्टुरेन्टमा काम गर्न आउनेहरूको संख्या ठुलो छ।

सन् २०१५ देखि सत्तामा रहेको पोर्चुगलको समाजवादी सरकारले यसलाई बढावा दिइरहेको छ।

पोर्चुगलमा विदेशीको आवश्यकता

अधिकांश युरोपेली देशहरूमा, आप्रवासीहरूले आवश्यक कागजातहरू प्राप्त गर्न धेरै अवरोधहरू सामना गर्छन्।

यस कारण धेरैले अवैध रूपमा काम गरिरहेका छन्। पोर्चुगलमा यसको उल्टो छ। आप्रवासीहरू चाँडै देशको कानुनी अर्थतन्त्रमा एकीकृत हुन्छन्।

सरकारी एजेन्सी एआईएमएका एक अधिकारी लुइस गोस पिनहेरोले भने, ‘पोर्चुगलमा आप्रवासीको संख्या बढ्नुको मुख्य कारण यहाँको आवश्यकता हो।’

उनका अनुसार पोर्चुगल इटालीपछि युरोपमा सबैभन्दा बढी वृद्ध व्यक्तिको जनसंख्या भएकाे देश हाे।

साओ टियोटोनियोमा लुइस कार्लो भिला पनि आफ्नो बगैंचाबाट स्याउ टिप्न विदेशी कामदारहरूमा भर पर्छन्।

उनले भने, ‘मसँग अर्को विकल्प छैन। हाम्रो देशका मानिसहरू वृद्धा भइसके। त्यसैले हामीसँग खेतमा काम गर्ने मान्छे छैन। विदेशी नै चाहिन्छ।’

उनको बगैंचामा छ जना भारतीय काम गर्छन्। तीमध्ये एक जना ह्याप्पी सिंहले अंग्रेजीमा भने, ‘म पोर्चुगललाई माया गर्छु, पैसा राम्रो छ, काम राम्रो छ र भविष्य राम्रो छ।’

भिल्लाहरूले कानुनी रूपमा विदेशी कामदारहरूलाई रोजगारी दिन्छन्। तिनले यी मानिसहरूमा आफ्नो परिवारको इतिहास पनि देख्छन्। उनले भने, ‘मेरो बुवा पनि बाहिरबाट (फ्रान्स) कामका लागि यहाँ आउनुभएकाे थियाे।’

पोर्चुगलको उदार कानुन

पोर्चुगलमा बढी परम्परागत मानिने माछा मार्ने समुदाय पनि विदेशीहरूमा निर्भर छ। पोर्टो नजिकैको काक्सिनास समुदायमा काम गर्ने आधा चालक दल इन्डोनेसियाली हुन्।

२० मिटर लामो ट्रलर डुङ्गा चलाउने जोसे लुइस गोम्सले आफ्ना बुवा र हजुरबुवाले अब यो काम गर्न नचाहेको बताए। यो काममा धेरै मिहिनेत छ र अरु कामको तुलनामा पैसा पनि कम छ।

जाभानीज माछा मार्ने सैफुल अर्दानी गोम्सको लागि चौथो सम्झौतामा काम गर्दैछन्। प्रत्येक सम्झौता १८ महिनाको लागि हो।

‘इन्डोनेसियाली माछा मार्नेहरूलाई यहाँ काम गर्न कुनै समस्या छैन। हाम्रो परिवार पनि घरमा आरामसँग बस्छ किनभने हामी गैरकानूनी छैनौं’, २८ वर्षीय अर्दानीले भनिन्।

लिस्बन युनिभर्सिटीका माइग्रेसन विज्ञ जर्ज माल्हेरो भन्छन्, ‘तपाईंले जुनसुकै सूचकलाई हेर्नुहुन्छ, यो युरोपको सबैभन्दा उदार देशहरू मध्ये एक हो।’

२००७ देखि, पोर्चुगलले आफ्नो आय घोषणा गर्ने सबैलाई कागजातहरू उपलब्ध गराउँदै आएको छ।

२०१८  मा, समाजवादी सरकारले अवैध रूपमा यहाँ आएकाहरूलाई यो सुविधा पनि दिएको थियो।

२०२२ मा भएको संशोधनपछि विदेशीहरूले यहाँ काम खोज्न ६ महिनाको भिसा पाउँछन्।

यी कानुनहरूले मानिसहरूलाई बेचबिखनको सिकार हुनबाट रोकेको छ, जुन अन्य धेरै देशहरूमा भइरहेको छ। तर, जनताको कष्टबाट पैसा कमाउनेहरू भने रोकिएका छैनन्।

अधिकारीहरूले तस्करी नेटवर्कहरू ध्वस्त पारेका छन्। धेरै ठाउँमा मानिसहरू खराब अवस्थामा बाँचिरहेका थिए र उनीहरूलाई त्यहाँबाट निकालिएको छ।

बढ्याे चूनाैती

मेश खत्रीका अनुसार बढी विदेशीको आगमनले नयाँ चुनौती बढिरहेकाे छ।

उनकी श्रीमती रितुले भनिन्, ‘पहिले काम मिल्थ्यो तर अहिले जातीय विभेद बढ्दै गएको छ। पोर्चुगिज मानिसहरूलाई घरमा १०-१५ जना बस्ने मन पर्दैन, खासगरी पोर्चुगिज नबोलेको अवस्थामा।’

७८ वर्षीया जुलिया डुआर्टे एक सामाजिक सेवा संस्थाकी स्वयंसेवक हुन्। उनले सहरको बीचमा रहेको एउटा केन्द्रमा करिब २० जना बालबालिकालाई गृहकार्य गर्न मद्दत गर्छिन्।

यी मध्ये एउटा मात्र बच्चाको नाम पोर्चुगिज हो। उनले भनिन्,  ‘मैले सन्यास लिएर शान्तिपूर्वक जीवन बिताउने सोचेको थिएँ तर त्यसपछि यहाँ आप्रवासी कामदारहरूको आँधी आयो। त्यहाँ धेरै मानिस छन्, सबैलाई जागिर चाहिन्छ, बस्नको लागि ठाउँ चाहिन्छ, त्यहाँ धेरै अराजकता छ, त्यसपछि म। सोचे कि यीनीहरू असल मान्छे हुन्।’

त्यस्ता व्यक्तिहरूको माग यति धेरै छ कि गरीबी विरोधी गैरसरकारी संस्था ताइपाले आप्रवासीहरूलाई स्थानीय समाजमा समायोजन गर्न आफ्नो ध्यान केन्द्रित गरेको छ।

‘मानिसहरू १० वा १५ वर्ष पहिले यसका लागि तयार थिएनन्’, संस्थाका प्रमुख टेरेसा ब्याराडासले भनिन्, ‘यो समुदायको लागि ठूलो परिवर्तन हो जुन सधैं धेरै असुरक्षित छ, र यति ठूलो सांस्कृतिक भिन्नताको लागि तयार थिएन।’

पोर्चुगलको कानुनले परिवारलाई त्यहाँ बस्न अनुमति दिन्छ। यसले पूर्वाग्रह हटाउन धेरै मद्दत गर्छ।

– डिडब्यू एनआर/वीके (एएफपी) काे सहयाेगमा