ओमनको सोहार क्षेत्रमा बसोबास गर्ने नेपालीले जन्माए नयाँ संस्था

ओमनको सोहार क्षेत्रमा बसोबास गर्ने नेपालीले जन्माए नयाँ संस्था

काठमाडौं। ओमनको सोहार क्षेत्रमा बसोवास गर्ने नेपाली समुदायको सक्रियतामा एक संस्था गठन गरिएको छ।

नेपाली समुदायलाई एकजुट गर्ने अभिप्रायले ‘नेपाली समुदाय सोहार ओमन’ नामक संस्था निर्माण गरिएको हो।

समुदायको नेतृत्व गर्ने जिम्मेवारी गौतम सापकोटाले पाएका छन्। यस्तै, वरिष्ठ उपाध्यक्षमा लोक बहादुर डाँगी, उपाध्यक्ष राम बहादुर बुढाथोकी र सहउपाध्यक्षमा ज्ञानु तामाङ चयन भएका छन्।

यसैगरी, महासचिवको जिम्मेवारी बिजेन्द्र स्वारलाई दिइएको छ। त्यस्तै, सचिवमा रामजी थापामगर, सहसचिवमा खोमहरी मोक्तान, कोषाध्यक्षमा गणेश केसी र सहकोषाध्यक्षमा दिपेन्द्र सिटौला चुनिएका छन्।

त्यसैगरी, सांस्कृतिक विभागको संयोजकमा धनबहादुर शिवा, सहसंयोजकमा माधव गिरी चयन भएका छन्।

नवगठित कार्यसमितिका सदस्यहरूमा राम प्रसाद आचार्य, मानबहादुर गुरुङ, कमल गौतम, दिपक दंगाल, मुना तामाङ र सुदिप बिक चयन भएका छन्।

यस्तै, रामजी गिरी संयोजक रहेको ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिरएको छ। जसमा, गोम सारु मगर प्रमुख सल्लाहकार छन् भने गोपाल आलेमगर, डा. ललित गिरी र झलक प्रसाद ढकाल सदस्य रहेका छन्।

सोहार क्षेत्रमा बसोवास गर्ने नेपालीका समस्यामा हातेमालो गर्दै नयाँ–नयाँ अवसर सिर्जना गर्ने हेतुले संस्था स्थापना गरिएको हो।