इरानको आक्रमणपछि ‘मिसाइलफ्रुप’ घरमा सरे इजरायलका प्रधानमन्त्री

इरानको आक्रमणपछि ‘मिसाइलफ्रुप’ घरमा सरे इजरायलका प्रधानमन्त्री File Photo

काठमाडौं। इरानको लगातार आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू एउटा सुरक्षित घरमा सरेका छन्। आफू रातभरि ‘घेराबन्दी’मा बिताएको बताउँदै उनी सपरिवार सुरक्षित घरमा सरेका हुन्।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार प्रधानमन्त्री बेन्जामिन आफ्ना सबै परिवारसहित एकजान अमेरिकी अर्बपति साइमन फालिकको घरमा सरेका छन्। यो घर क्षेप्यास्त्रहरूले पनि क्षति गर्ननसक्ने ‘मिसाइल(फ्रुप’ हो।

हमाससँगको लडाईंपछि लगातार आक्रमणको धम्की दिँदै आएको इरानले शनिबार रातिदेखि तीब्र हमला थालेको हो।

इरानले आफ्नो भूमितिर प्रहार गरेका तीन सयभन्दा धेरै क्षेप्यास्त्र र ड्रोनहरूमध्ये अधिकांश आकाशमै नष्ट गरिएको इजरायलले दाबी गरेको छ।

कतिपय क्षेप्यास्त्रहरू अमेरिका र ब्रिटेनको फौंजले पनि नष्ट गरिदिएको थियो।

अप्रिलको सुरुवातमा इजरायलले सिरियास्थित इरानी कुटनीतिक परिसरहरूमा आक्रमण गरेको भन्दै त्यसको जवाफ फर्काएको इरानी समूहले दाबी गरेको छ।