अत्यावश्यक बाहेक घरबाहिर ननिस्किनू : नेपाली दूतावास इजरायल

अत्यावश्यक बाहेक घरबाहिर ननिस्किनू :  नेपाली दूतावास इजरायल

तेलअविव । इरानले इजरायलमाथि आक्रमण सुरु गरेपछि इजरायलस्थित नेपाली दूतावासले नेपालीहरूलाई अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ।

दूतावासले एक सूचना जारी गर्दै इजरायलमा रहेका सम्पूर्ण नेपालीहरुलाई स्थानीय सुरक्षा प्रोटोकलहरुको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचनाबारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत अनुरोध गरेको छ।

साथै दूतावासले आवश्यक परेमा दूतावासमा सम्पर्क गर्न सकिने भन्दै सम्पर्क नम्बर समेत दिएको छ। दूतावासले द्वितीय सचिव कुमारबहादुर श्रेष्ठलाई ०५२८२८९३०० मा र सहचारी संजय कुमार साहलाई ०५४-५५८२०७७ मा सम्पर्क गर्न सकिने बताएको छ।

इरानले इजरायलमा गएरातिदेखि आक्रमण सुरु गरेपछि सोमबार राति ११ बजेसम्म लागूहुने गरी शैक्षिक क्रियाकलाप बन्द गरिएको छ भने ठूलो स्तरको सभा-भेला नगर्न निर्देशन जारी गरेको छ।