इरानले इजरायलमा गरेका ९९ प्रतिशत मिसाइल आक्रमण आकाशमै ध्वस्त

इरानले इजरायलमा गरेका ९९ प्रतिशत मिसाइल आक्रमण आकाशमै ध्वस्त Objects are seen in the sky above Jerusalem after Iran launched drones and missiles towards Israel, in Jerusalem April 14, 2024. REUTERS/Ronen Zvulun TPX IMAGES OF THE DAY

काठमाडौँ। इरानले ३०० भन्दा बढी ड्रोन आक्रमण गरेको इजरायली सेनाले जानकारी दिएको छ। गएरातीदेखि इरानले इजरायलमाथि आक्रमण शुरु गरेको थियो।

यहि अप्रिल १ मा सिरियास्थित इरानी वाणिज्य दुतावासमा आक्रमण गरेपछि इरानले सो को बदलास्वरूप यो आक्रमण गरेको जनाएको छ।

सो आक्रमणमा दुई इरानी सेना कमाण्डरसहित १३ जनाको मृत्यु भएको थियो।

इजरायली सेनाका अनुसार इरानले अहिलेसम्म १७० ड्रोन, ३० क्रुज मिसाइल, १२० ब्यालेस्टिक मिसाइलले आक्रमण गरेको र ९९ प्रतिशतलाई आफ्नो एन्टी मिसाइल सिस्टमले आकासमै ध्वस्त बनाएको जानकारी दिएको छ ।

इरानले इजरायलमा आक्रमण शुरु गरेपछि संयुक्त राष्ट्रसंघ, अमेरिका, बेलायतले इरानको आक्रमणको निन्दा गरेका छन्।