एसीसी प्रिमियर कप : नेपालले गर्यो कतारलाई ३२ रनले पराजित

काठमाडौँ। नेपालले एसीसी प्रिमियर कपमा लगातार दोस्रो जित हासिल गरेको छ। शनिबार सम्पन्न खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो।
नेपालले दिएको २११ रनको लक्ष्य पछाएको कतारले २० ओभरमा ९ विकेट गुमाउदै १७८ रन बनाएको थियो। यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउदै २१० रन बनाएको थियो।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिंग गर्दै अविजित ६४ रन बनाएका थिए। दिपेन्द्रले १९ बलमा अर्धशतक पुरा गरेका थिए। दिपेन्द्रले अन्तिम ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका थिए। त्यस्तै असिफ सेखले ५२ रन बनाए भने कुशल मल्लले ३५, कप्तान रोहित पौडेलले १८, कुशल भुर्तेलले १२ सन्दीप जोराले ७ र गुलशन झाले ५ रन बनाएका थिए।
त्यसैगरी कतारका बलर हिमांशु राथोड र मुसावर शाहले ३/३ विकेट लिएका थिए।
यो जितपछि समुह ए मा रहेको नेपालको २ खेलमा ४ अंक भएको छ। नेपालले अब अर्को खेल आगामी सोमबार हङकङसँग खेल्ने तालिका रहेको छ।
दिपेन्द्रले हाने एकै ओभरमा ६ छक्का
दिपेन्द्र सिंह ऐरीले एकै ओभरमा ६ छक्का प्रहार गरेका छन्।
एसीसी प्रिमियर कप अन्तर्गतको कतारविरुद्ध आक्रामक ब्याटिंग गर्दै दिपेन्द्रले अन्तिम ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका हुन्।
दिपेन्द्रले कतारका बलर कमरान खानको ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका थिए । दिपेन्द्रले यस खेलमा २१ बलमा अविजित ६४ रन बनाएका थिए ।
टी-२० अन्तर्राष्ट्री क्रिकेटमा यस अघि भारतका युवराज सिंहले इङल्याण्डविरुद्ध २००७ मा र वेस्टइण्डिजका केरन पोलार्डले २०२१ मा श्रीलंकाविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए।
ताजा अपडेट

‘पढदैँ कमाउँने’ नीति लागु गरिने

सरकारले यसै बर्ष संविधान संसोधन गर्ने
