नेपाल बरोडासँग ३७ रनले पराजित

नेपाल बरोडासँग ३७ रनले पराजित Photo : CAN

काठमाडौँ। भारतमा जारी एसएमएस फ्रेन्डसिप कपअन्तर्गत लिगको अन्तिम खेलमा नेपाल बरोडासँग पराजित भएको छ।

बरोडाले दिएको १५७ रनको लक्ष्य पछाएको नेपाल १८.४ ओभरमा अलआउट हुदै ११९ रन मात्र बनाएपछि खेल ३७ रनले हारेको हो।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बरोडाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १५६ रन बनाएको थियो।

यो खेलमा हार बेहोरेपनि नेपाल यसअघि नै फ्रेन्डसिप कपको फाइनलमा पुगिसकेको छ भने बरोडा प्रतियोगिताबाट बाहिरिएको छ। यस प्रतियोगितामा बरोडाको यो पहिलो जित हो।

अब फाइनलमा नेपाल र गुजरात एसोसियसनको टिम आइतबार खेल्दै छन्।



No ads found for this position