आयरल्याण्ड ‘ए’विरुद्ध बलिङ गर्दै नेपाल

आयरल्याण्ड ‘ए’विरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं।आयरल्याण्ड ‘ए’विरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ टिमले टस जितेर बलिङ गरिरहेकाे छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपाल ‘ए’का कप्तान विनोद भण्डारीले टस जितेर आयरल्याण्ड ‘ए’लाई ब्याटिङको निम्तो दिएका थिए।

शृङ्खलाको पहिलो खेलमा आयरल्याण्ड ‘ए’ २१ रनले विजयी भएको थियो।

यसअघि भएको टी–२० शृङ्खलामा आयरल्याण्ड ‘ए’ नेपाल ‘ए’ माथि २–१ को जित निकालेर प्रतियोगितामा कब्जा जमाएको थियो।



No ads found for this position