आइपिएलः गुजरातमाथि पञ्जाव किंग्स ३ विकेटले विजयी

आइपिएलः गुजरातमाथि पञ्जाव किंग्स ३ विकेटले विजयी

काठमाडौँ। इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाव किंग्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ।

गएराती सम्पन्न खेलमा पञ्जावले गुजरातलाई ३ विकेटले पराजित गरेको हो । गुजरातले दिएको २०० रनको लक्ष्य पछाएको पञ्जावले १९.५ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो। पञ्जावलाई शशांक सिंहले २९ बलमा अविजित ६१ रनको पारी खेलेर जित दिलाएका थिए।

यसअघि पहिला ब्याटिंग गरेको गुजरातले कप्तान शुभमन गिलको ८९ रनको मद्धतले २० ओभरमा ७ विकेट गुमाउदै १९९ रन बनाएको थियो।

यो जितपछि पञ्जावले ४ खेलमा २ जित र २ हारसहित ४ अंक हासिल गरेको छ भने गुजरातको पनि ४ खेलमा २ जित र २ हारसहित ४ अंक भएको छ।



No ads found for this position