नेपाल ए को उत्कृष्ट बलिङ, आयरल्याण्ड वोल्भ्स १५७ रनमा अल आउट

काठमाडौँ। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई १५८ रनको लक्ष्य दिएको छ।
आजदेखि शुरु भएको एकदिवसीय सिरिज अन्तर्गत पहिलो खेलमा आयरल्याण्ड वोल्भ्सले टस जितेर पहिला ब्याटिंग गर्दै १५७ रन मात्र बनाएको हो। आयरल्याण्ड वोल्भ्सले ३८.३ ओभरमा अलआउट हुदै १५७ रन बनाएको थियो।
आयरल्याण्ड वोल्भ्सका लागि काड कारमाइकलले सर्बाधिक ५१ रन बनाए भने कप्तान निल रकले ३९, पिटर मूरले २१ रन बनाए।
त्यसैगरी नेपाली बलर कमल सिंह ऐरीले सर्बाधिक ४ विकेट लिएका थिए भने शहाब आलम र मौसम ढकालले २–२ विकेट लिएका थिए। त्यसति रिजन ढकालले एक विकेट लिएका थिए।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
‘पढदैँ कमाउँने’ नीति लागु गरिने

प्रवास खबर
सरकारले यसै बर्ष संविधान संसोधन गर्ने

प्रवास खबर