लखनउले रोयल च्यालेन्जर्स बैंगलुरुलाई २८ रनले हरायो

काठमाडौँ। इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपर जाइन्टले रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा लखनउले बैंगलुरुलाई २८ रनले पराजित गरेको हो।
लखनउले दिएको १८२ रनको लक्ष्य पछाएको बैंगलुरु १९.४ ओभरमा अलआउट हुदै १५३ रन बनाएपछि खेल २८ रनले हारेको हो। यो आफ्नो घरेलु मैदानमा बैंगलुरुको लगातार दोस्रो हार हो।
त्यस्तै पहिला ब्याटिंग गर्दै लखनउले २० ओभरमा ५ विकेट गुमाउदै १८१ रन बनाएको थियो।
यो लखनउको यस सिजनमा तेस्रो खेलमा दोस्रो जित हो भने रोयल च्यालेन्जर्स बैंगलुरुले चौथो खेलमा एक जित र तेस्रो हार बेहोरेको छ।
आइपिएल अन्तर्गत आज दिल्ली क्यापिटल्स र कोलकोता नाइट राइडर्सबीच खेल हुदै छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
‘पढदैँ कमाउँने’ नीति लागु गरिने

प्रवास खबर
सरकारले यसै बर्ष संविधान संसोधन गर्ने

प्रवास खबर