नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको एकदिवसीय सिरिजको पहिलो खेल आज

काठमाडौँ। नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीच आजदेखि एकदिवसीय सिरिज शुरु हुदै छ। सिरिजको पहिलो खेल आज टियु मैदानमा साढे ९ बजेदेखि शुरु हुदै छ।
यसअघि सम्पन्न टी–२० सिरिज आयरल्याण्ड वोल्भ्सले २–१ ले जितेको थियो। आयरल्याण्ड वोल्भ्सले शुरुका दुई खेल जितेको थियो भने अन्तिम खेल नेपाल ए ले जितेको थियो।
अब एकदिवसीय सिरिजको पहिलो खेल आज, दोस्रो खेल शुक्रबार र तेस्रो खेल आइतबार हुने छ।
एकदिवसीय सिरिज खेल्ने नेपाल ए टिमः
विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भिम सार्की, अर्जुन साउद, आरिफ सेख, बशीर अहमद, कमल सिंह ऐरी, शदाब आलम, रंजित कुमार, रुपेश सिंह, रिजन ढकाल, बिकास आग्री र मौसम ढकाल रहेका छन्।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
‘पढदैँ कमाउँने’ नीति लागु गरिने

प्रवास खबर
सरकारले यसै बर्ष संविधान संसोधन गर्ने

प्रवास खबर