नेपालले बरोडालाई दियो १५७ रनको लक्ष्य

नेपालले बरोडालाई दियो १५७ रनको लक्ष्य

काठमाडौँ । नेपालले बरोडा क्रिकेट एसोसियसनको टिमलाई १५७ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै १५६ रन बनाएको हो।

नेपालका लागि कुशल भुर्तेल र आसिफ सेखले ९(९ रन बनाए भने कप्तान रोहित पौडेलले १८, अनिल शाहले २५, गुलशन झाले १३, सन्दीप जोराले २८ रन बनाएका थिए।

त्यस्तै कुशल मल्लले अविजित ४० तथा दिपेन्द्र सिंह ऐरीले ५ रन बनाएका थिए।

बरोडाका बलर बाबा खानले २ विकेट तथा परिक्षित पाटीदार र मोहित मोंगीयाले एक एक विकेट लिएका थिए।



No ads found for this position