लगातार तेस्रो खेलमा हार्यो मुम्बई इण्डियन्स

काठमाडौँ। इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले लगातार तेस्रो हार बेहोरेको छ। गएराती सम्पन्न खेलमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई ६ विकेटले पराजित गरेको हो।
मुम्बईले दिएको १२६ रनको लक्ष्य पछाएको राजस्थानले १५.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो। यसअघि टस जितेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउदै १२५ रन मात्र बनाएको थियो।
यो यस सिजनमा मुम्बई इण्डियन्सको लगातार तेस्रो हार हो। त्यस्तै राजस्थान रोयल्सले भने यस सिजनमा लगातार तेस्रो जित हासिल गरेको छ । ३ खेलमा ६ अंक हासिल गरेको राजस्थान अंक तालिकामा शिर्ष स्थानमा रहेको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
‘पढदैँ कमाउँने’ नीति लागु गरिने

प्रवास खबर
सरकारले यसै बर्ष संविधान संसोधन गर्ने

प्रवास खबर