आयरल्याण्ड वोल्भ्समाथि नेपाल ए तीन रनले विजयी

आयरल्याण्ड वोल्भ्समाथि नेपाल ए तीन रनले विजयी Photo : CAN

काठमाडौँ। नेपाल ए ले आयरल्याण्ड वोल्भ्सलाई ३ रनले पराजित गरेको छ। टी–२० सिरिको अन्तिम खेलमा नेपाल ए ले आयरल्याण्ड वोल्भ्सलाई ३ रनले पराजित गरेको हो।

नेपाल ए ले दिएको २१४ रनको लक्ष्य पछाएको आयरल्याण्ड वोल्भ्सले २० ओभरमा ७ विकेट गुमाउदै २१० रन बनाए पछि खेल नेपाल ए ले ३ रनले जितेको हो।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ए ले २० ओभरमा ७ विकेट गुमाउदै २१३ रन बनाएको थियो।

नेपाल ए का लागि आरिफ सेखले सर्बाधिक ९३ रन बनाएका थिए । आरिफले ४८ बल खेल्दै अविजित ९३ रन बनाएका हुन्। त्यस्तै रसिद खानले २४ रन बनाएका थिए भने बसिर अहमदले १९, कमल सिंह ऐरीले १९, पवन सराफले १३ र कप्तान विनोद भण्डारीले ११ रन बनाएका थिए।

त्यसैगरी आयरल्याण्ड वोल्भ्सका लागि फिओन हान्डले २ विकेट लिएका थिए भने लियाम म्याकार्थी, म्याथ्युज फोस्टर, ग्यारेथ डेलानी र गाभिन होयले एक एक विकेट लिएका थिए।

योसँगै आयरल्याण्ड वोल्भ्सले टी–२० सिरिज २/१ ले जितेको छ। अब नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीच तिन खेलको एकदिवसीय सिरिज खेल्ने छ। सिरिजको पहिलो खेल बुधबार हुने छ।



No ads found for this position