नेपाल ‘ए’ र आयरल्याण्ड वोल्भ्सबीचको टी–२० सिरिजको अन्तिम खेल आज

नेपाल ‘ए’ र आयरल्याण्ड वोल्भ्सबीचको टी–२० सिरिजको अन्तिम खेल आज

काठमाडौँ । नेपाल ‘ए’ र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको अन्तिम खेल आज हुँदैछ।

टियु मैदानमा हुने यो खेल दिउँसो १ बजेदेखि सुरु हुने छ।

आयरल्याण्ड वोल्भ्सले यस अघिका दुवै खेल जितेर सिरिज जितिसकेको छ।

आयरल्याण्ड वोल्भ्सले सिरिजको पहिलो खेल २१ रनले जितेको थियो भने दोस्रो खेल ४० रनले जितेको थियो।

अब सिरिजको तेस्रो खेलमा नेपाल ‘ए’ ले विजयी लयमा फर्किने प्रयास गर्ने छ।

यो सिरिजपछि नेपाल ‘ए’ ले अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ।



No ads found for this position