केन्याको सानदार जित

केन्याको सानदार जित

केन्याले अफ्रिका गेम्समा टेस्ट टोली दक्षिण अफ्रिकामाथि ७० रनको सानदार जित हात पारेकोछ।

दक्षिण अफ्रिकासँगको पहिलो टी-२० आई खेलमै केन्या विजयी भएको हो।

आफ्नो इतिहासमा केन्याले दक्षिण अफ्रिकालाई पहिलो पटक हराएको हो।

जितको लागि १४२ रनको मध्यम लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १५ ओभरमा ७१ रनमा अल आउट भएकाे थियाे।

-२० आई मान्यता प्राप्त खेल भएपनि टेस्ट टोली दक्षिण अफ्रिकामा नाम चलेका, पहिलो र दोस्रो रोजाइका कुनै खेलाडी थिएनन् ।

कप्तान जर्ज भान हिर्डेनले सर्वाधिक २२ रन बनाए। ओपनर माहिर जोशेफ १२ र केगन १६ रनमा आउट भए।

केन्याका १८ वर्षीय स्पिनर आर्नभ पटेलले ३ ओभरमा १५ रन खर्चेर ५ विकेट लिए। लुकास ओलओच र शेम न्नगोचेले २-२ विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको केन्याले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४१ रन बनाएको थियो।

केन्याका कोलिन्स ओबुआ ४७ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ५८ रन बनाए। कप्तान राकेप  पटेलले २८ रन बनाए।

दक्षिण अफ्रिकाका हेनरिक पिटरसेले सर्वाधिक २ विकेट लिए।

अफ्रिका गेम्समा समूह ए मा युगान्डा, दक्षिण अफ्रिका, केन्या र घाना छन्। समूह बि मा नामिबिया, नाइजेरिया, जिम्बाबे र तान्जेनिया छन् ।



No ads found for this position