भ्रष्टाचार गरेको प्रमाण ल्याए श्रममन्त्रीले २४ घण्टाभित्र कारवाही गर्ने

भ्रष्टाचार गरेको प्रमाण ल्याए श्रममन्त्रीले २४ घण्टाभित्र कारवाही गर्ने

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले भ्रष्टाचार गरेको प्रमाण ल्याएमा २४ घण्टा भित्रै कारवाही गरिने बताएका छन्।

शुक्रबार कोरिया रिटर्नीहरुसँग छलफल गर्दै मन्त्री अर्यालले यस्तो बताउनु भएको हो।

श्रमिकलाई कुनै पनि बहानामा कसैले ठगी गरेमा तत्काल कारवाही गरिने उनले बताए।

त्यस्तै, कोरिया रिटर्नीहरुको समस्या सम्बोधनका लागि फास्ट ट्रयाकमा प्रक्रिया अगाडी बढाईने समेत उनले बताए।

‘तपाईहरुको समस्याको बिषयमा सम्बन्धित निकायहरुसँग बसेर छलफल गर्नेछु। आवश्यक परेमा तपाईहरुलाई नै राखेर छलफल गराउँने छ,’ उनले भने।

कोरिया रिटर्नीहरुले कोरिया जाने श्रमिकहरु इपिएसका कर्मचारीबाट ठगिएको गुनासो गरेका थिए।

त्यस्तै, उनीहरुले रोष्टरमा रहेका रिटर्नी तथा महिलाहरुको फाईल कोरियाको रोजगार दातासम्म पुराउन पर्ने, गत असार १० गते ईपिएस नेपाल रिटर्नीहरुसँग गरेको सम्झौता कार्यान्वयन गर्नुपर्ने, साउन १२ गते ईपिएस नेपाल र रिटर्नीहरुबस्च भएको सम्झौता पनि कार्यान्वयन गर्नुपर्ने, इपिएस नेपालको ज्यादति र लुटतन्त्रलाई सुधार गराउनुपर्ने माग राखेका थिए।



No ads found for this position