धरहराको पार्किङ बन्द गर्ने पत्र आएपछि आक्रोशित बालेन शाहको जवाफ, ‘पार्किङ खुल्लै छ’

धरहराको पार्किङ बन्द गर्ने पत्र आएपछि आक्रोशित बालेन शाहको जवाफ, ‘पार्किङ खुल्लै छ’ File Photo

काठमाडौं। सुन्धारास्थित धराहरामा पार्किङ गराउने महानगरको प्रयासमा अबरोध भएको छ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले निर्माण पुरा नभइकन पार्किङ गराउने नमिल्ने पत्राचार गरेको भन्दै सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन्।

उनले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै सो पार्किङ भाडामा लगाउने प्रयास भएको तर आफुले नदिने जनाएका छन्।

केही दिन अगाडि त्यहि ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ, ‘धरहरा निर्माण हुदैछ। पार्किङ बन्द गर्नु ।’

‘उदघाटन गरेको २ बर्ष ९ महिना पछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो रु पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपि ओलिले भन्नू भएको थियो ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘अन्त्यमा सो स्थानमा  पार्किङ बन्द छैन र बन्द हुने छैन, महानगरको पहलमा अहिलेको लागि निसुल्क सन्चालन हुँदै छ , अझै ब्यबस्थापन गर्दै लग्नेछौं।’