बिमानस्थल सुरक्षा प्रमुख ठकुरीले दिए राजिनामा

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा कार्यालयका प्रमुखले राजिनामा दिएका छन्।
बिमानस्थलका प्रमुखसमेत रहेका नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीले राजीनामा दिएका हुन्।
गत बैशाख १३ गते विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी पाएका ठकुरीले १० महिना पुरा गरेर राजिनामा दिएका हुन। तर, उनले किन राजिनामा दिए ? भन्ने बारेमा कुनै कारण खुलिसकेको छैन्।
पछिल्लो समयमा बढदो सुन तस्करी तथा प्रहरी र अध्यागमन कर्मचारीका बिचमा भइरहेका असहमति र बिबाद देखा परेको थियो।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर