इच्छाराज तामाङ दोषी ठहर

इच्छाराज तामाङ दोषी ठहर

काठमाडौं। सिभिल डेभिड एण्ड क्रेडिट सहकारी संस्थाका अध्यक्ष इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन्।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार तामाङलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको हो।

एमालेका पूर्वसभासद समेत रहेका तामाङमाथि आपराधिक लाभमार्फत ३ अर्ब ३१ करोड ८५ लाख रुपैयाँ गैरकानूनी आर्जन गरेको अभियोग लगेकाे थियाे।

याे मुद्दामा श्रीमती सिर्जना शाक्य तामाङ र सिभिल सहकारीका केशवलाल श्रेष्ठ पनि दोषी ठहर भएका छन्।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले इच्छाराजसहित उनकी श्रीमती सिर्जना तथा छोरीहरू प्रतीक्षा तामाङ, प्रतिष्ठा तामाङ, अध्यक्ष  श्रेष्ठ र मिना कुमारीसहित ६ जनालाई प्रतिवादी बनाइ मुद्दा दायर गरेको थियो।