रेड नोटिस जारी भएको ५ दिनमै कतारबाट पक्राउ
![रेड नोटिस जारी भएको ५ दिनमै कतारबाट पक्राउ](https://www.prawaskhabar.com/wp-content/uploads/2023/12/410287902_683180900611103_8832830941251088515_n.jpg)
काठमाडौं। जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी खोटाङका १९ वर्षीय किरण राई नोटिस जारी भएको ५ दिन भित्रै पक्राउ परेका छन्।
एनसिबि दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई बुधबार नेपाल फिर्ता ल्याइएको छ।
राईविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जबरजस्ती करणी मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको खुल्न आएको थियो।
अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्न नेशनल सेन्ट्रल व्यूरो (एनसिबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २० पुसमा उनीविरुद्ध रेड नोटिस जारी भएको थियो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
No ads found for this position
ताजा अपडेट
![दक्षिण कोरियाका राष्ट्रपति पक्राउ](https://www.prawaskhabar.com/wp-content/uploads/2025/01/PK-NEWS-PIC-19.jpg)
प्रवास खबर
दक्षिण कोरियाका राष्ट्रपति पक्राउ
![कस्ताे छ आजको मौसम ?](https://www.prawaskhabar.com/wp-content/uploads/2022/04/tuwalo_weather_dqcdbywmu3_1_NwksPFPxTK.jpg)
प्रवास खबर
कस्ताे छ आजको मौसम ?
![नवनियुक्त जापानी राजदुत नेपाल आइपुगे](https://www.prawaskhabar.com/wp-content/uploads/2025/01/Capture.JPG-2957.jpg)
प्रवास खबर