तनहुँमा बस दुर्घटना हुँदा ३२ जना घाइते
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा यात्रुवाहक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्। वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १२०६ नम्बरको बस आज विहान अनियन्त्रित भई सडकबाट खोलामा खसेको थियो।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए। उनकाअनुसार १७ जनाको अवस्था मध्यम र १४ जनाको अवस्था सामान्य रहेको छ।
घाइते हुनेमा बसचालक कास्कीको अन्नपूर्ण गाउँपालिका–६ लुम्लेका ३४ वर्षीय अन्तिम सुनार, सहचालक तनहुँको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारका ३२ वर्षीय सागर श्रेष्ठसहित अन्य यात्रु रहेको प्रहरीले जनाएको छ।
घाइतेकाे स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेकाे छ।
No ads found for this position
ताजा अपडेट
प्रवास खबर
दक्षिण कोरियाका राष्ट्रपति पक्राउ
प्रवास खबर
कस्ताे छ आजको मौसम ?
प्रवास खबर