नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय बैठकका यी हुन् एजेन्डा

नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय बैठकका यी हुन् एजेन्डा File Photo

काठमाडौं। नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय बैठक बस्दै छ। सो बैठकका लागि ऊर्जा मन्त्रालयको टोली काठमाडौं आइपुगेको छ। दुवै देशका परराष्ट्रमन्त्रीको रोहवरमा मा वाणिज्य मन्त्रालयबीच विभिन् एजेन्डा पनि छलफल हुनेछ।

यी हुन् एजेन्डा ?

-दुवै देशबीच रहेको वाणिज्य सन्धि पुनरावलोकन तथा संशोधन गर्न सम्बन्धित मन्त्रालयका सहसचिव स्तरीय समिति बनाउने प्रयास

-कृषिजन्य उत्पादनमा एक अर्काको देशमा कर नलगाउने प्रावधान खारिज गरेर नेपालले भारतको कृषि जन्य वस्तुको आयातमा कर लगाउन सक्ने प्रस्ताव गरेको छ।

-भारतबाट नेपालमा आयात हुने कृषि उत्पाद वस्तुहरूमा नेपालको तर्फबाट कस्टम ड्यूटी लगाउन सक्ने प्रस्ताव

नेपाली उत्पादन निर्यातमा भारतले लगाएको कोटा प्रणालीलाई हटाउनु पर्ने प्रस्ताव

-३० प्रतिशत मूल्य अभिवृद्धि भएका वस्तु मात्रै नेपालले भारतमा निर्यात गर्न पाउने विद्यमान व्यवस्था संशोधन गर्दै त्यसलाई २० प्रतिशत बनाउने प्रस्ताव

-भारतले जुट लगायतका सामग्रीमा लगाउंदै आएको एंटी डम्पिंग ड्यूटी हटाउनु पर्ने प्रस्ताव

-नेपाल र भारतले एक–अर्काका गुणस्तरसम्बन्धी प्रमाणपत्रले मान्यता पाउनु पर्ने प्रस्ताव