राप्रपा अध्यक्ष लिङ्देन कतार प्रस्थान

काठमाडौँ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन कतार प्रस्थान गरेका छन्। बुधबार राति प्रवासी नेपाली एकता समाज कतारको निमन्त्रणामा अध्यक्ष लिङ्देन दोहा प्रस्थान गरेको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार अध्यक्ष लिङ्देन कतारमा रहँदा श्रमिकको समस्या र अवस्थाबारे जानकारी लिने र नेपाली दूतावासका अधिकारीहरूसँग पनि छलफल गर्ने कार्यक्रम छ।
अध्यक्ष लिङ्देनले आफ्नो अनुपस्थितिमा नियमित कार्य सञ्चालनका लागि वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका प्रवक्ता कुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार लिङ्देन १३ असोजमा स्वदेश फर्किनेछन्।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
भारतले सुरु गर्यो पाकिस्तानमाथि आक्रमण

प्रवास खबर