अध्यक्षका प्रत्यासी आरके शर्माको उम्मेदवारी घोषणासभा कर्मभूमि कतारमा

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि अध्यक्षका प्रत्यासी राजेन्द्र कुमार शर्मा (आरके) ले कतारबाट उम्मेदवारी घोषणा गर्ने भएका छन्।
शर्माको सचिवालयका अनुसार उनले आफ्नो कर्मभूमि कतारको राजधानी दोहाबाट विशेष कार्यक्रमकाबीच औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने भएका हुन्।
शर्मा संघमा अहिले उपाध्यक्ष छन्। चुनावी माहोल बनाउन शर्मा अफ्रिकाबाहेक संघका सबै क्षेत्रमा पुगेका थिए।
शर्माले दोहाबाट विशेष कार्य योजनासहित आफ्ना चुनावी प्रतिबद्धता सार्वजानिक गर्दैछन्।
हालैमात्र शर्मा एक साता लामो अमेरिकी क्षेत्रको भ्रमण सकेर दोहा फर्किएका थिए।
शर्माले केही दिनभित्रमा आफ्नो स्पष्ट कार्ययोजनासहित अध्यक्ष पदमा औपचारिक रूपले उम्मेदवारी दिने घोषणा गर्ने बताए।
विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरूको सल्लाह र सुझावको आधारमा आफ्ना योजना कार्यक्रमहरू सार्वजनिक गर्ने उनको भनाइ छ।
उनले संघले अब गर्नुपर्ने काम तथा योजनाहरुको बारेमा सल्लाह सुझाव पेश गर्न आव्हान समेत गरेका छन्।
ताजा अपडेट

भारतले सुरु गर्यो पाकिस्तानमाथि आक्रमण
