एनआरएनए युरोप संयोजकमा अष्ट्रियाबाट सुवेदीको दावी

भियाना। गैरआवासीय नेपाली संघ (एनआरएनए) को युरोप क्षेत्रीय संयोजकमा अष्ट्रियाबाट सागर सुवेदीले उम्मेदवारी घोषणा गरेका छन्।
सुवेदी अहिले संघमा युरोप क्षेत्रीय उपसंयोजक भएर काम गरिरहेका छन्।
आगामी कार्यकालका लागि संयोजक पदमा उम्मेदवारी दिने तयारीसहित उनले चुनावी गतिविधिलाई तीव्र बनाएका छन्।
संघभित्र हुने विकृती विरुद्ध सुवेदीले पटक–पटक आवाज उठाउँदै आएका छन्।
संघको नेतृत्व तहले गर्ने वैधानिक गल्तिहरूको समेत कडा प्रतिवाद गर्ने मध्येका एक हुन्, सुवेदी।
संघलाई विधि–विधानअनुसार चलाउनु पर्नेमा जोड दिदैँ आएका सुवेदी संघभित्र हुने अनावस्यक खर्चलाई रोक्न पनि आवाज उठाइरहेका हुन्छन्।
संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरूको आग्रह र साथीभाईको अनुरोधमा युरोपको नेतृत्वमा उम्मेदवारी दिने निर्णयमा आफू पुगेको सुवेदीको भनाइ छ।
सुवेदीको उम्मेदवारीलाई युरोपवासी नेपालीले स्वागत गरेका छन्।
युरोप संयोजकमा सुवेदीसहित स्पेनबाट चिन्तामणि सापकोटा र चेक रिपव्लिकबाट चिरन्जीवी खड्काले पनि उम्मेदवारी घोषणा गरेका छन्।
ताजा अपडेट

भारतले सुरु गर्यो पाकिस्तानमाथि आक्रमण
