एसिया कप : नेपाल पाकिस्तानसँग २३८ रनले पराजित

एसिया कप : नेपाल पाकिस्तानसँग २३८ रनले पराजित

काठमाडौँ। एसिया कप क्रिकेट अन्तर्गत नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको छ।

बुधबार मुलतान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले ४ विकेट गुमाउँदै ३४२ रन बनाएको थियो। ३४३ रन पछाउँदै नेपाल २४ ओृभरमा १०३ रन बनाइर अल आउट भयो। नेपालका लागि सोमपाल कामी सर्वाधिक २६ रन बनाएर आउट भएका थिए। त्यस्तै, ओपनर शाहीन अफ्रिदीको पाँचौं बलमा कुशल भुर्तेल र अर्को बलमा कप्तान रोहितकुमार पौडेल पनि आउट भएका थिए।

आरिफ २६ रनमा आउट भएका थिए। उता, पाकिस्तानको लागि कप्तान बाबर अजमा रईफ्तिखार अहमदले शतक प्रहार गरे। अहमदले १०९ रन बनाए भने बाबरले १५१ रन बनाएर आउट भएका थिए।

पाकिस्तानको ओपनर इमाम उलहकलाई रनआउट भएका थिए भने अर्का ओपनर फकहर जमान १४ रन बनाएर आउट भएका थिए। नेपालका लागि सोमपाल कामीले दुई विकेट लिएका थिए भने कप्तान रोहित पौडेल, करण केसी र सन्दीप लामिछानेले समान एक एक विकेट लिएका थिए।

 



No ads found for this position